• इटहरी । कक्षा ११मा अध्ययनका लागि आएका विद्यार्थीहरुलाई लक्षित गरि सुषमा गोदावरी कलेज इटहरीका कक्षा १२का विद्यार्थीहरुलेस्वागतोत्सव कार्यक्रम आयोजना गरेका छन । नयाँ आउने विद्यार्थीहरुलाई स्वागत गर्ने विगतको परम्परालाई निरन्तरता दिदै सुषमा गोदावरी कलेजमा कक्षा १२मा अध्ययन गर्ने विद्यार्थीहरुले स्वागतोत्सव कार्यक्रमको आयोजना गरेका हुन । कलेज सञ्चालक समितिका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको स्वागत कार्यक्रमको अवसरमा मिस्टर एण्ड मिस सुषमा २०८२ समेत सम्पन्न गरियो । प्रतियोगिता अन्तर्गत ग्रिस दाहाल मिस्टर सुषमा वन्न सफल भए ।

    भने मिस सुषमा २०८२ योना राई वन्न सफल भईन । मिस्टर एण्ड मिस सुषमा वन्न सफल हुने विद्यार्थीलाई नगद २५हजार सहित पुस्कार उपलव्ध गराईएको छ । त्यसै गरी फस्ट रनरअफ , सेकेण्ड रनरअफ हुनेलाई समेत पुस्कृत गरिएको छ । सोही कार्यक्रममा केही दिन अघि सम्पन्न साइबर अपराधका चुनौति र समाधानका उपायहरु विषयक वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई समेत पुरस्कृत गरियो ।

    वक्तृत्वकला प्रतियोगितामा श्रेयसी भट्टराई प्रथम ,महेन्द्र कार्की द्धितिय , प्रसन्न पासवान तृतिय र सागर अधिकारी शान्त्वना भएका छन् । सुषमा गोदावरी कलेजमा कक्षा १२मा अध्ययनरत भक्तवहादुर परियार फुटवल तर्फ राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिता खेलेर कलेजको नाम उच्च राखेको भन्दै उनलाई सम्मान गरिएको कलेजका संचालक इन्द्रकमल श्रेष्ठले जानकारी गराए । ।

    उक्त कार्यक्रममा कलेजका प्राचार्य वोधराज नेपाल , मिस्टर एण्ड मिस सुषमा २०८२का निर्णायकहरु मेरिना तुम्सा लिम्बु , उर्भि श्रेष्ठ , डिना कटुवाल र राकेश बज्राचार्य लगायतको आतिथ्यता रहेको थियो ।

4565