• इटहरी । क्याफेमा कविता पहिलो शृंखला अन्तर्गत कोशी प्रदेशकी सांसद तथा कवि मिना श्रेष्ठ संग
    एकल कविता बाचन कार्यक्रम सम्पन्न भएको छ ।
    माइती घर क्याफेका आयोजित क्याफेमा कवि श्रेष्ठले कार्यक्रममा आफ्ना सातवटा कविता वाचन गर्दै समाज, महिलाको अनुभव, विछोड, प्रेम तथा राजनीतिक–सांस्कृतिक यथार्थका विषयवस्तुमा भावनात्मक प्रस्तुति दिइन ्।
    उनका गहकिला भाव र सशक्त कविताले सहभागीहरूलाई भावुक बनाएको थियो ।
    कार्यक्रममा बोल्दै श्रेष्ठले दुईवटा कविता संग्रह प्रकाशित भइसकेको र तेस्रो कृति चाँडै प्रकाशनको तयारीमा रहेको जानकारी दिइन् । उनले कविता लेखनमा आफू निरन्तर क्रियाशील रहेको उल्लेख गरिन्।
    नेपाल बिट इटहरीको आयोजनामा आयोजित कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले साहित्यलाई आत्माको आवाज र समाजको दर्पणको रूपमा परिभाषित गर्दै यस्ता कार्यक्रमले सामाजिक परिवर्तनका लागि प्रेरणा दिने धारणा राखे । “राज्य र साहित्य बीचको सम्बन्ध अझ सघन हुनुपर्ने र सामाजिक चेतना निर्माणमा टेवा पुग्ने बताए ।

    साहित्यकार मनुमञ्जिलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले कविता केवल शब्दको खेल नभई आत्माको भावनात्मक पोखाइ भएको उल्लेख गरे ।
    कार्यक्रमका अध्यक्ष साहित्यकार मनुमञ्जिलले कविता केवल शब्दहरूको खेल नभइ आत्माको भावनात्मक पोखाइ भएको बताए ।
    नेपालबिट इटहरीका अध्यक्ष राम खरेलले ‘क्याफेमा कविता’ शृंखला पहिलोपटक आयोजना गरिएको उल्लेख गर्दै यो कार्यक्रमलाई नियमित रूपमा हरेक हप्ता सञ्चालन गरिने बताए ।
    क्याफेको आरामदायी वातावरणमा प्रस्तुत कविता, सृजनात्मकता रचनाले इटहरी क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई चिनाउने, र क्याफे संस्कृति मार्फत कविता, कथा लगायतका सिर्जनशीलता प्रस्तुत गर्ने अभियानको सुरुवात गरिएको पनी खरेलले स्पष्ट पारे ।
    कार्यक्रममा शिक्षाविद् लेखनाथ घिमिरे, साहित्यकार टिका आत्रिय, बोधकुमार घिमिरे, भरत बरबरिक, सगरमाथा साहित्य प्रतिष्ठान कोशी प्रदेशकी अध्यक्ष मिश्रा गुरुङ लगायत स्थानीय साहित्यकारहरूको बाक्लो उपस्थिति थियो ।

4565