-
इटहरी । सगरमाथा साहित्य प्रतिष्ठान कोशी प्रदेशको आयोजनामा प्रसिद्ध उपन्यासकार तीर्थ गुरुङद्वारा लिखित हिउँको गीत उपन्यासमाथि विमर्श कार्यक्रम इटहरीमा सम्पन्न भएको छ ।
कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विभिन्न साहित्यकार, विश्लेषक तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता सगरमाथा साहित्य प्रतिष्ठान कोशी प्रदेशकी अध्यक्ष मिश्रा गुरुङले गरेकी थिइन् ।
कार्यक्रममा डा. अस्मिता विष्ट, कवि मनु मञ्जील, र लेखक जेबी थुलुङले हिउँको गीत उपन्यासका विषयवस्तु, सन्देश र शैलीमाथि विस्तृत समीक्षा प्रस्तुत गरेका थिए ।
उनीहरूले उपन्यासले समेटेको सामाजिक, सांस्कृतिक तथा भावनात्मक पाटोबारे गहिरो विश्लेषण गर्दै यसलाई समकालीन नेपाली साहित्यमा महत्वपूर्ण कृति भएको टिप्पणी गरे ।
कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित प्रदेश सभा सदस्य एवम् साहित्यकार मिना श्रेष्ठले नेपाली साहित्यले समाज परिवर्तनमा खेलेको भूमिकाको चर्चा गरिन्।
त्यसैगरी, कवि तथा गजलकार सुवित गुरागाईं लगायतका सहभागी साहित्यकारहरूले आफ्नो सृजनशीलतासँगै उपन्यासबारे आफ्ना धारणा समेत प्रस्तुत गरेका थिए ।
News Desk 0 response शनिबार, साउन १०, २०८२
सुनसरी, मोरङल गायत विभिन्न जिल्लाबाट आएका साहित्यकार, लेखक लगायतको उल्लेखिय सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३ -
दुहवीमा तीजको रौनक, गंगा गौतम आचार्य र युनाइटेड थर्टिनको प्रस्तुतिमा झुमे दर्शक
सोमवार, भदौ २९, २०८३ -
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३

बुधबार, अशोज ७, २०८३