-
इटहरी । सडक सुरक्षालाई प्रभावकारी बनाउँदै सवारी दुर्घटनामा कमी ल्याउने उद्देश्य सहित सञ्चालन गरिएको “ट्राफिक सप्ताह २०८२” को आज इटहरीमा समापन गरेको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सवारी सुरक्षा सम्बन्धी अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा सहभागी यातायात ब्यवसायी तथा विभिन्न संघ,सस्थाका पदाधिकारीहरु संग “ट्राफिक सुरक्षा सम्बन्धी अन्तरक्रिया गरी समापन गरिएको छ ।
ट्राफिक सप्ताहको औपचारिक सुरुआत असार ६ गते बिहान प्रभातफेरी मार्फत कोशी प्रदेशका १४ वटै जिल्लामा एक साथ गरिएको थियो ।
सप्ताह कार्यक्रम अन्तरगत सार्वजनिक सवारीमा हुने दुव्र्यवहार विरुद्ध सचेतना, यात्रु सवारी साधनको अनुगमन, इ रिक्सा र अटोको मेकानिकल परीक्षण, दुईपांग्रे सवारी साधनको हेल्मेट अनुगमन र प्रशिक्षण, सम्बन्धी जनचेतना, तथा विद्यालय बसको परीक्षण र छलफल कार्यक्रम सञ्चालन गरिएको थियो ।
News Desk 0 response बिहिबार, असार १२, २०८२
सोही कार्यक्रममा ट्राफिक नियमको पालना गर्दै सवारी दुर्घटना न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याउने चालकमध्ये उकृष्ट चालक सम्मान बाट जया वहादुर क्षेत्री,अर्जुन विश्वकर्मा,मन बहादुर मगर र अशोक बहादुर बोटेलार्ई सम्मान गरिएको छ ।
ट्राफिक सप्ताहको अवधिमा प्रदेशभरबाट ४९ हजार ७ सय ४२ जना सवारी चालक तथा यात्रुहरूलाई ट्राफिक नियम सम्बन्धी सचेतना र प्रशिक्षण दिइएको ट्राफिक कार्यालयले जनाएको छ ।
सडक प्रयोगकर्ताको व्यवहारमा परिवर्तन ल्याउँदै दुर्घटनाको जोखिम घटाउने लक्ष्य सहित कार्यक्रम प्रभावकारी भएको थियो ।
समापन समारोहको अवसरमा हराएका सवारी साधन फेला परेका , तीनवटा मोटरसाइकल धनीलाइ हस्तानतरण गरिएको छ ।
समापन कार्यक्रममा यातायात व्यवसायी, नागरिक समाजका अगुवा, विद्यालय शिक्षक लगायतको सहभागिता रहेको थियो ।
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





