• रामधुनी । रामधुनी नगरपालिकाले आफ्नो क्षेत्रमा सञ्चालनमा रहेका सहकारी संस्थाहरूको अनुगमन कार्यको सुरुवात गरेको छ ।

    सहकारी क्षेत्रको नियमितता, पारदर्शिता र संस्थागत सुशासन सुनिश्चित गर्न नगरपालिकाले यो कार्य थालेको हो ।

    नगर उपप्रमुख तारा थापाको नेतृत्वमा गरिएको अनुगमन टोलीमा कार्यपालिका सदस्य सुशिला ढुंगाना, रामधुनी नगरपालिका सहकारी शाखाका प्रमुख सुमन पौडेल लगायत अन्य कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।

    सहकारी संस्थाहरूको नियमन तथा प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राख्दै, नगरपालिकाले आगामी दिनहरूमा सबै वडाहरूमा रहेको सहकारी सस्थाहरुमा अनुगमन गरी नियमन गराउन गराउने कार्यलाई निरन्तरता दिदै सहकारीहरूमा वित्तीय पारदर्शिता, सदस्यको हित, ऋण व्यवस्थापन, दर्ता,नविकरण तथा प्रशासनिक संरचना जस्ता विषयमा विशेष ध्यान दिइने रामधुनी नगरपालिका सहकारी शाखाका प्रमुख सुमन पौडेलले जानकारी दिए ।

    अनुगमनको क्रममा नगर उपप्रमुख थापाले सहकारी संस्थाहरू आर्थिक विकासको मेरुदण्ड हुन्। त्यसैले यी संस्थाको नियमित अनुगमन गरी नियमन गराउन अनुगमन गरिएको बताइन ।

4565