• काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको वार्षिक बजेट ल्याएको छ। संघीय संसदको संयुक्त सदनमा अर्थमन्त्री विष्णु पौडेलले उक्त बजेट प्रस्तुत गरे ।

    चालु तर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात ६० दशमलव १ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड २० दशमल ८ प्रतिश र वित्तीय व्यवस्थापन तिन खर्ब ७५ अर्ब २४ करोड अर्थात १९ दशमल १ प्रतिशतको बजेट सार्वजनिक गरेका छन्।

    जुन चालु आवको भन्दा ५ प्रतिशत ६ बढी र संशोधित बजेटभन्दा १८ दशमलव २ बढी रहेको जनाएको छ।

    जसमा सरकारले भौतिक पूर्वाधार, सुरक्षित यातायात र सडक सुरक्षाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

    सरकारले यस वर्ष पोडवे अवधारणा ल्याएको छ। हेटौँडा(काठमाडौँ रोपवेको विकल्पमा पोडवे सञ्चालनका लागि आवश्यक अध्ययन गर्न बजेट छुट्याइएको छ।

    नयाँ ट्र्याक खोल्ने नीतिलाई कम प्राथमिकता दिँदै उपयुक्त स्थानमा मात्र ट्र्याक खोल्ने नीति बनाइएको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा द्रुतमार्गका लागि २४ अर्ब ४९ करोड, पुष्पलाल राजमार्गका लागि ३ अर्ब ९४ करोड र हुलाकी राजमार्गका लागि ३ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरिएको बताए। पुष्पलाल राजमार्गको रेखांकन परिवर्तन गर्ने घोषणा पनि गरिएको छ। कर्णाली कोरिडोर, कोशी कोरिडोर र तमोर कोरिडोर निर्माण सम्पन्न गर्न बजेट छुट्याइएको छ।

    अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२र८३ मा सार्वजनिक यातायात प्राधिकरण सञ्चालनमा ल्याउने र सडक दुर्घटना कम गर्न राष्ट्रिय सुरक्षा मापदण्ड लागू गर्ने घोषणा गरे।

4565