-
इटहरी । इटहरीको डिभिएमको खेल मैदानमा भएको कर्पाेरेट क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताको फाइनल खेलमा हिमालयन बैंकले उपाधि जित्न सफल भएको छ ।
सम्पन्न फाइनल खेलमा युवा उद्यमी मञ्च सुनसरीलाई ३ विकेटले पराजित गर्दै हिमालयन बैंकले उपाधि हात पारेको हो ।
उपाधिसँगै हिमालयनले नगद २५ हजार र शिल्ड,प्रमाणपत्र हात पारेको छ । उपबिजेता भएको युवा उद्यमी मञ्चले नगद १५ हजार रुपैयाँ पाएको छ । छरिएर रहेका व्यवसायीहरुलाई एक आपसमा चिनजान र भाइचारा अभिवृद्धि गराउन, खेलको माध्यमबाट होटल तथा पर्यटन व्यवसायलाई चलायमान गराउने उद्धेश्यले सञ्चालन गरिएको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो ।
जिल्ला होटेल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता तथा उपबिजेतालाई कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ कोसी प्रदेशका उपाध्यक्ष भीम पौडेल, जिल्ला होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तेजबहादुर पुरी,एक्सपोर्ट एजुकेसनका प्रवन्ध निर्देशक कमल तिम्सीना , उद्योग वाणिज्य संघका महासचिव विनोद पौडेल, होटेल व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष देबी गौतम, क्यान सुनसरी अध्यक्ष सिपी पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।
सम्बन्धित शीर्षकहरु
-
फेसियल हाउसले इटहरीमा १० औं शाखा उद्घाटन
शनिबार, असार २८, २०८२ -
मकालु इङलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट नतिजा ल्याउने ३१ जना विद्यार्थीहरु एसइइ दिक्षित
शनिबार, असार २८, २०८२ -
उद्योग वाणिज्य संघ इटहरीको चुनावमा डमी मतदाता प्रयोगको आरोप, कार्यसमिति नै विभाजित
शुक्रबार, असार २७, २०८२ -
ड्राइभिङ स्कूल संघ नेपालको आयोजनामा बृहत रक्तदान कार्यक्रममा १२५ पिन्ट रगत संकलन
शुक्रबार, असार २७, २०८२
-
फेसियल हाउसले इटहरीमा १० औं शाखा उद्घाटन
शनिबार, असार २८, २०८२ -
मकालु इङलिस बोर्डिङ स्कुलद्वारा उत्कृष्ट नतिजा ल्याउने ३१ जना विद्यार्थीहरु एसइइ दिक्षित
शनिबार, असार २८, २०८२ -
उद्योग वाणिज्य संघ इटहरीको चुनावमा डमी मतदाता प्रयोगको आरोप, कार्यसमिति नै विभाजित
शुक्रबार, असार २७, २०८२
-
सडक सुरक्षाका लागि युवाको पहल ः तरहरा–इटहरी सडक खण्डमा सरसफाइ अभियान सम्पन्न
बुधबार, असार २५, २०८२ -
मन्जुश्री फाइनान्सले लक्ष्मी माविलाई स्क्यानर ,कलर प्रिन्टर लगायतका सामाग्रीहरु हस्तान्तरण
मङ्लबार, असार २४, २०८२ -
स्वास्थ्य र सञ्चारको सहकार्यमा जोड दिँदै पाख्रिवासमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
बुधबार, असार २५, २०८२