• प्रधानमन्त्री शेरबहादुर देउवा र भारतिय समकक्षी नरेन्द मोदीले जनकपुर जयनगर रेलसेवाको संयुक्त रुपमा उद्धघाटन गरेको छन् । जनकपुर जयनगर रेल सेवा पूर्णरुपमा सुचारु भएसंगै आवगमन सहज भएको भन्दै जनकपुरधाममा स्थानीयले भव्य स्वागत गरेका छन् ।

    नेपालमा औपचारिक रुपमा रेलसेवाको सुरुवात भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीबाट संयुक्त रूपमा रेल्वे उदघाटन गरेसंगै शनिवारबाट औपचारिक रुपमा रेल सेवा शुरु भएको हो । उद्धघाटन पछि औपचारिक रुपमा सञ्चालन भएको रेलको छात्र–छात्राहरूले नेपाल र भारतको विभिन्न स्टेसबाट झण्डासहित स्वागत गरेका थिए ।

    भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म ३४ दशमलव ९ किलोमिटर दुरिमा रेल सञ्चालन भएको हो । आइतबारदेखि दैनिक दुई पटक आउने जाने गरी रेल सञ्चालन हुने छ । सेवा सुरु भएपछि जनप्रतिनिधि र स्थानीयवासी खुशी भएका छन ।
    भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण भइरहेको जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जनकपुरदेखि जयनगरसम्म रेल सञ्चालन गरिएको हो । नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगर सम्मको जनरल ७० र एसीमा ३ सय रुपैयाँ भाडा तोकेको छ । रेल्वेको टिकट स्टेसन र हल्ट दुवै स्थानमा उपलब्ध हुने छ । कुर्थादेखि जयनगर सम्म ५ स्टेसन र ३ वटा हल्ट रहेका छन् ।

4565