• नेपाल भारतबीच लामो समयदेखि सीमा विवाद छ । सीमाकै कारण दुईदेशबीच बेला बेलामा खटपट हुँदै आएको छ। यस पटकको प्रधानमन्त्री देउवाको ७ वटा खास एजेण्डामा सीमा विवादसंगै इपीजी प्रतिवेदनको विषयमा छलफल हने अपेक्षा गरिएपनि मोदीले सीमा सुरक्षामा निकै प्राथमिकता दिएपनि सीमा विवादमा मुखै खोलेनन्।

    प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमणमा सीमा विवाद र इपीजी प्रतिवेदनमा छलफल हुने अपेक्षा गरिएको थियो । लामो समयदेखि सीमा विवाद बल्झिरहेको बेलामा यस पटकको भ्रमणमा यो विषयले प्राथमिकता पाउने अपेक्षा गरिएपनि त्यसो भएन । दुई देशको प्रधानमन्त्रीहरुको आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले सीमा विवादको विषयमा मुखै खोलेनन् । बरु उनले सीमा सुरक्षालाई निकै प्राथमिकताकासाथ उठाए ।

    पत्रकार सम्मेलनमा पन्चेश्वर परियोजना, सोलु करिडोर,रेल्वे, उर्जा व्यापारको विषयमा चर्चा गरे । यी विषयसंगै अन्य खुद्रे विषय नै थिए । तिनै खुद्रे विषयलाई लिएरै मोदीले नेपाल भारतको सम्बन्धको भने खुबै चर्चा गरे । दुई देशका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा सीमा सुरक्षा मजबुत बनाउने विषयमा सहमत भएको प्रष्ट्याएका थिए । मोदीले सीमाको विषयमा कुनै प्रतिक्रिया नदिनुले भारत सीमा विवाद हल गर्न चाहादैन भन्ने पुनः प्रष्ट भएको छ। सीमा सुरक्षा उसको चासो र सरोकार स्वार्थको विषय हो, सीमामा ५० हजार बढी एसएसबी परिचालन गरेको भारतले सीमा सुरक्षालाई निकै जोडले उठाउनुले सीमा विवादलाई पुनः छायाँमा पार्ने प्रयास गरिएको छ । दुईदेश बीचको सम्बन्ध विश्वकै उत्कृष्ट भएको चर्चा गरेका मोदीले सीमा विवादको विषयमा कुनै धारणा व्यक्त नगर्नुले भारत सीमा विषयमा गम्भीर छैन भन्ने प्रष्ट हुन्छ । नेपाल भारत सम्बन्ध पृथक र विशिष्ट रहेको चर्चा गरे।

    नेपाल र भारतबीच १८ सय ८० किलोमिटर लामो खुला सिमाना छ । जहाँ दुई देशले ९८ प्रतिशत सिमाना समेट्ने नक्सा टुङ्गो लागेको छ। तर, पश्चिमी नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई लिएर विवाद छ। सरकारी तथ्यांक अनुसार यी तीनवटै क्षेत्रको कुल क्षेत्रफल ३७० वर्गकिलोमिटर छ। रणनीतिक क्षेत्र मानिने लिपुलेकले भारतको उत्तराखण्ड राज्यलाई चीनको तिब्बतसँग जोड्छ।यी भूमिसंगै सुस्ता लगायतका ७१ स्थानमा भारतले अतिक्रमण गरेको छ। जुन अतिक्रमणको मुद्दा लामो समयदेखि यथावत छ ।यी विवादित विषयमा नेपाल भारतबीच छलफल हुने अपेक्षा गरिएपनि विषयले प्रवेश नै पाएन। यद्यपि मोदीसंगको भेटवार्तामा आफूले कुरा उठाएको प्रधानमन्त्री शेरबहादुर देउवाले आयोजित पत्रकार सम्मेलनमा बताएका थिए

    देउवाको भारत भ्रमणमा खास गरी ७ वटा एजेण्डामा छलफल हुने अपेक्षा गरिएको थियो ।ती एजेण्डाहरु मध्ये भारतीय प्रधानमन्त्री मोदीले सीमा सुरक्षासंगै पन्चेश्वर परियोजनाको विषयमा पुनः प्रतिवद्धता दोहो¥याए । पन्चेश्वर परियोजनाबाट हुने लाभको पनि उनले उत्तिकै चर्चा गरे । मोदीका छद्मभेषी शब्द ललिपपले प्रधानमन्त्री त फुरुङ भए ।तर, सीमा जस्तो संवेदनशील विषयमा कुनै गाम्भीर्यता देखिएन ।

4565