• काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व मनाइएको छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा एक दिन सार्वजनिक बिदा दिएको छ भने नेपाली सेनाले टुडिखेलमा बिशेष कार्यक्रमा आयोजना गर्यो

    चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोहको आयोजना गर्यो । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

    टुँडिखेलमा नेपाली सेनाले अश्वकला, युद्धकला, शारीरिक व्यायामलगायतका कला प्रदर्शन गरेको थियो ।

    काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ । किंवदन्ती अनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नया वर्र्षको थालनी हुने विश्वासका आधारमा चैत्र कृष्ण औंसीमा घोडा कुदाएर नया वर्षलाई स्वागत गरिने प्रचलन अनुसार घोडे जात्रा मनाईन्छ ।

    परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले दुःख दिने गरेकाले राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएकाले घोडजात्रा मनाइएको पनि किंवदन्ती छ । काठमाडौको टुडिखेलमा हरेक बर्ष नेपाली सेनाले घोडेजात्राको आयोजना गर्दै आएको छ भने ललितपुरको पाटनमा एक्लो घोडा दगुराएर घोडेजात्रा मनाइन्छ ।

4565