• सरकारले प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणले दुईदेशबीचको सम्वन्ध थप प्रगाढ हुने बताएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की प्रधानमन्त्रीको तीन दिने भारत भ्रमणले नेपाल र भारतको बीचमा सदियौदेखि रहदै आएको सम्बन्ध थप प्रगाढ हुने बताए । उनले भारत भ्रमण मुलुकको हितमा केन्द्रीत रहने पनि उनले बताए ।

    सरकारले अरुण ३ जलबिद्युत परियोजनाको पहूँच मार्ग अन्तर्गत छ्याङकुटि–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा बितरण गर्ने निर्णय गरेको छ भने विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त बसन्तकालीन बैठकमा नेपालको सहभागीताका लागि अर्थमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि गरेको छ ।

4565