• भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीस्थित होटल आईटीसी मौर्यमा देउवालाई जयशंकरले भेटेका हुन् ।

    तीन दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगेलगत्तै देउवाको यो पहिलो भेटवार्ता हो । जयशंकरसँगको भेटपछि प्रधानमन्त्री देउवा भारतीय जनता पार्टी (भाजपा)को मुख्य कार्यालय पुगेका थिए । सत्तारूढ भाजपाका अध्यक्ष जगतप्रकाश (जेपी) नड्डासँगको भेटका लागि प्रधानमन्त्री देउवा भाजपा कार्यलय पुगेका हुन् । देउवालाई नड्डाले पुष्पगुच्छाले स्वागत गरेका थिए ।

    देउवा आजै नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् । प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले आइतबार बनारसको भ्रमण गर्ने र सोही दिन स्वदेश फर्किने कार्यक्रम छ ।

4565