• अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष, कार्यकारी अधिकृत, लेखापाल र उपभोक्ता समितिका पदाधिकारीसहित २७ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

    उपभोक्ता समितिका नाममा भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।अख्तियारले विशेष अदालतमा दायर गरेको रिटमा ४ करोड बढी बिगो दाबी गरिएको छ ।

    अख्तियारले गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काविरुद्ध ४ करोड २१ लाख, तत्कालीन प्रमुख प्रशाससकीय अधिकृत राजुप्रसाद न्यौपानेविुरुद्ध १ करोड १२ लाख ८२ हजार, तत्कालीन लेखा खधिकृत दुर्गाबहादुर डिङदोङ तामाङविरुद्ध १ करोड २६ लाख ७५ हजार भ्रष्टाचार गरेको आरोपसहित बिगो दाबी गरेको छ ।यस्तै उपभोक्ता समितिका अध्यक्षसहितका पदाधिकारीविरुद्ध पनि १ करोड बढी भ्रष्टाचार गरेको दाबी अख्तियारले गरेको छ ।

4565