-
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री देउवाको शुक्रबारवाट हुने तीन दिने भ्रमण स्वीकृत गरेको हो ।
बैठकले भ्रमणदलमा जाने टोलीको समेत अनुमोदन गरेको छ । प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा दिल्ली जान लागेका हुन । भ्रमणमा क्रमममा प्रधानमन्त्री देउवाले समकक्षी मोदीसँग भेट गर्ने कार्यक्रम छ । सो अवसरमा आपसी सहयोग र समझदारीका विषयमा छलफल हुने छ ।
प्रधानमन्त्री देउवा र मोदीले शनिवार संयुक्त रुपमा रेल्वे सेवा उदघाटन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै बैठकले तीन प्रहरी नायव महानिरीक्षक ‘डीआइजी’लाई अतिरिक्त महानिरीक्षक ‘एआईजी’मा बढुवा गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले बसन्त पन्त, रविन्द्र धानुक धीरजप्रताप सिंहलाई एआईजी मा बढुवा गर्ने निर्णय गरेको हो ।
बुढावा सिफारिस भएसँगै तीनमध्ये एक जना प्रहरी महानिरीक्षक बन्ने बाटो खुलेको छ । त्यस्तै बैठकले यौन हिंसाविरुद्धको र तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी गर्ने निर्णय गरेको छ। दुवै अध्यादेश यसअघि ल्याएर निष्क्रिय बनेका थिए ।
तेजाव आक्रमण गर्नेविरुद्ध कारबाही गर्ने कानुन नभएकाले सरकाले अध्यादेश जारी गरेको हो । तेजाव आक्रमणसम्बन्धी अध्यादेश संसदबाट अनुमोदन हुन नसक्दा यसअघि तीनपटक सम्म निष्क्रिय बनेको थियो । सरकारले सिफारिस गरेपछि यी अध्यादेश राष्ट्रपतिबाट जारी हुनेछन् ।
News Desk 0 response बिहिबार, चैत्र १७, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





