• नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न गठबन्धनमा छलफल भइरहेको बताएका छन् ।बिहीबार रिपोटर्स क्लबको २४ औ साधारण सभालाई सम्बोधनक्रमा अध्यक्ष दाहालले अर्थतन्त्रलाई दुर्घटनातिर जान नदिनु राजनीतिक नेतृत्व, निजि तथा सार्वजनिक क्षेत्र सबैको दायित्व भएको बताएका हुन् ।

    उनले देशको अर्थतन्त्रको अवस्थाको सम्बन्धमा बृहत्तर छलफल आयोजना गरेर साझा निष्कर्षबाट समाधानको उपाय खोज्ने पनि बताए । अध्यक्ष दाहालले अहिले तरलताको अभाव, विज्ञान, प्रविधिको प्रयोग गरेर हुने गरेका थुप्रैखालका विचलनहरु त्यसको प्रभावको विषयमा गम्भीर समीक्षा गरिने बताए

    उनले प्रधानमन्त्रीलाई यो विषयमा एउटा बृहत्तर छलफल आयोजना गरेर समीक्षा गरेर साझा निष्कर्ष निकाले मुलुकको अर्थतन्त्रलाई रोक्नुपर्ने बताए । पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले बैठकको आयोजना गर्ने र व्यापक विचार, विमर्श गरेर अर्थतन्त्रलाई सम्हालेर लैजानेतिर प्रयास गर्ने बताएका थिए ।

4565