-
टिपरको आतंकले बुधबार पनि दुई कलिला मुनाको ज्यान लियो, काठमाडौको गोकर्णश्वर नगरपालिका सुन्दरीजलका रोहन घिसिङको दुई छोरीको टिप्परले ठक्कर दिदाँ प्राण गयो,दुई छोरीको उच्च शिक्षाको सपना देखेर विद्यालय जाँदै गरेका रोहनको मोटरसाइकलाई टिप्परले ठक्कर दिदाँ रोहन घाइेत भए,भने छोरीहरु कहिल्यै नफर्कने गरी उनलाई छोडेर गए ।
बुधबार बिहान ८ बजे, गोकर्णश्वर सुन्दरीजलका रोहन घिसिङ दुई छोरीलाई लिएर विद्यालय जाँदै थिए । छोरीहरुको सुन्दर भविष्यको सपना थियो उनीसंग । मजदुरी गरेरै छोरीलाई पढाउने उनको सुन्दर सपनामाथि यतिधेरै बज्रपात भयो,की जहाँ टिपरको ठक्करबाट दुई कलिला मुना छोरीहरुको उनको आँखै अघि ज्यान गयो ।
रोहन सुन्दरजलको मेलम्चीचोकमै जब पुगे त्यत्ति नै बेला टिप्पर भेटियो, जसले विपरीत दिशाबाट आउँदै गरेको अर्काे टिप्परलाई साइड दिन पछाडि सर्दै गरेको बा ४ ख ६९६५ नम्बरको टिपरले रोहनले चलाएको मोटरसाइकलाई दुई छोरीसहित किचीदियो । टिपरको ठक्करले घटनास्थलमै दुई छोरीको प्राण गयो भने, रोहन गम्भीर घाइते भएर अस्पतालको बेडमा छटपटाइरहेका छन् ।
रोहनको सपना थियो, दुई छोरीलाई उच्च शिक्षा अध्ययन गराउने । तर, दैत्यरुपी टिपरले रोहनको सपनामाथि बज्रपात गरिदियो, कलिला काखैका छोरीहरु आफ्नै अघि सदाका लागि चुँडेरै लगिदियो । रोहनले मजदुरी गरेर भए पनि दुवै छोरीलाई नजिकै सरकारी स्कुल हुँँदाहुँदै पनि गोकर्णेश्वरस्थित वल्र्ड युथ इन्टरनेसनल बोर्डिङ स्कुलमा भर्ना गरे । घिसिङका आठ वर्षीया छोरी सृष्टि कक्षा २ र चार वर्षीया श्रेष्या नर्सरीमा पढ्थिन्।
टिपरको ठक्करले दिदीबहिनीको मृत्युपछि सुन्दरीजल तनावग्रस्त बन्यो, टिप्परको आतंक विरुद्ध स्थानीयले विरोध गरे। प्रहरीले अश्रुग्यास हान्यो । टिप्पर आतंक सुन्दरजलको मात्रै होइन, देशभर जहाँ जहाँ सडक पुगेको छ, त्यहाँ त्यहाँ टिप्परको आतंक छ। टिप्परको आतंकले रोहनका जस्ता छोरीहरु मात्रै होइन, सयौ नागरिकको अनाहकमै ज्यान गएको छ। साँगुरा सडक अनि त्यसैमा टिप्परको ज्यादती सडक आतंक बार बार दोहोरिने गरेको छ।
टिप्परको आतंक जति पटक दोहोरिएपनि स्थानीय प्रशासन मौन छ । सडक आतंकले मानिसहरु त्रास त्रासमै बाटो काट्नुपर्ने नियती छ। यस्तो नियतीले सर्वसाधारण आजित भएपनि टिप्परका अघि यो देशको कानुन डराएको छ, कानुन हातमा लिएकाहरु नतमस्तक छन् । सडकमा टिपरको यमराज आतंक वर्षौदेखि यथावत छ, जसले रोहन जस्ता अभिभावकको काख रित्याइदिएको छ,धेरै सन्ततीहरु टुहुरा हुनु परेको छ।
News Desk 0 response बुधबार, चैत्र १६, २०७८
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३