-
प्रधानमन्त्री देउवा भारतबाट पहिलो औपचारिक विदेश भ्रमण गर्दैछन् । जहाँ उनले यही चैतको १८देखि गर्ने भारत भ्रमणमा के कस्तो मुद्दा उठाउलान् भन्ने चासो बढेको छ। प्रधानमन्त्री देउवाले सीमासहित आर्थिक मुद्दामा केन्द्रीत हुनुपर्नु परराष्ट्र जानकारहरुले सुझाएका छन् ।
सीमासहित आर्थिक मुद्दाप्रधानमन्त्री शेरबहादुर देउवा यही चैत १८ गते भारत भ्रमणमा निस्किदै छन् । यसै साता सुरु हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई सार्थक बनाउने के के मुद्दा उठाउलान् भन्ने चासो कूटनीतिक वृत्तमा छ। नेपालले भारतबाट अतिक्रमित भूमि समेटेर नयाँ नक्शा जारीपछि दुई देशबीच सम्बन्ध चिसिएको थियो । अतिक्रमित भूमिको विषयले दुई देशबीचको आशंकालाई मेटाउन भ्रमणले जोड दिनुपर्ने कूटनीतिज्ञहरु बताउँछन् । राजनीतिक रूपमै दुई देशबीच समझदारी बढेपछि मात्रै अन्य कुराहरूले स्थान पाउने हुँदा पनि भ्रमणले अविश्वासको निवारण गर्नुपर्ने बताइएको छ।
मु्ख्यगरी भारतसंग सीमा विषय निकै जटिल छ, केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सामा भारतले अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समेटिएको थियो। लामो समयदेखि दुई देशबीचको तनाव यही सीमाकै विषय रहदै आएको छ। सीमाको कारण दुई देशबीच सम्बन्ध चिसिदै गएको बेला भारतीय रक्षा मन्त्रीले भनेका थिएकी, ’शिर झुकाउनु परे पनि नेपालसँग सम्बन्ध बिगार्दैनौँ’ तर भारतीय नेताहरुले सम्बन्ध नबिगार्ने अभिव्यक्ति दिएपनि सीमा अतिक्रमणको विषयमा उनीहरुको दोहोरो भाष्य रहदै आएको छ।
यही सीमाकै विषयले नेपाल भारत पटक पटक खटपट आउने भएकोले यसको हल खोजिनुपर्ने हो । तर, सीमा विषयमा अहिलेसम्म भारतले देखाएको प्रवृत्तिले सीमा विषय सहजै हल हुने देखिदैन । किनकी इपीजे प्रतिवेदन बुझ्न समेत भारतीय प्रधानमन्त्री मोदीले अरुची देखाएकोले सीमा सम्बन्धी विषयमा भारत प्रवेश गर्ला भन्ने अवस्था भने छैन ।
भारतबाट अतिक्रमित भूमि नेपालको रहेको पाँच किसिमका प्रमाण छन् । तिनै प्रमाणको आधारमा भारतसंग कुरा गर्न सकिने परराष्ट्र जानकारहरु बताउँछन् । यसको साथै उनले लिपुलेक, लिम्पियाधुराबाहेक सीमावर्ती क्षेत्रको विकास र व्यवस्थापनमा पनि उच्चस्तरीय छलफल गर्नुपर्ने जानकारहरुले सुझाएका छन् ।
News Desk 0 response बुधबार, चैत्र १६, २०७८
कोरोना महामारीपछि हुन लागेको पहिलो उच्चस्तरीय भ्रमणमा नेपालले विभिन्न परियोजना कार्यान्वयनमा पनि जोड दिनुपर्ने उनीहरको सुझाव छ। पूर्वाधार विकास, पर्यटन, जलस्रोतसहित विभिन्न क्षेत्रमा भारतीय लगानीको लागि आर्थिक मुद्दाहरू द्विपक्षीय वार्तामा केन्द्रीत हुनुपर्ने उनीहरूको मत छ। यद्यपि पाँचौ पटक प्रधानमन्त्री भएपछि उनको भारत भ्रमण पहिलो भएपनि नौलो भने होइन, विगतमा पनि उनले उच्चस्तरीय भारत भ्रमण गरेका थिए । विगतका भ्रमणले खासै सार्थक परिणाम दिएका थिएनन् । यसटकको भ्रमण पनि त्यस्तै कर्मकाण्डी त हुदैन भन्ने आशंका पनि छ। यद्यपि यस पटकको भ्रमणमा उनी कसरी प्रस्तुत हुन्छन् त्यो भ्रमणपछि नै थाहा भने अवस्य होला ।
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३
-
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३





