• सहमतिको यौनसम्बन्धलाई बलात्कारमा परिणत गरेको ठहरसहित एकजना किशोरीलाई जिल्ला अदालत अछामले जेल सजाय सुनाएको छ।अछामको कमल बजार नगरपालिका निवासी १९ वर्षीया ती किशोरीलाई जिल्ला अदालत अछामका न्यायाधीश नवीनकुमार जोशीको इजलासले साढे तीन वर्ष लामो जेल सजाय सुनाएको हो। ती किशोरीले आफ्नो घरमै बिहेको प्रस्ताव लिएर आएका रामारोशन गाउँपालिका निवासी २० वर्षीय पुरुषमाथि बलात्कार अभियोगसहित मुद्दा हालेकी थिइन्। यस प्रकरणमा किशोरीलाई तीन वर्ष जेल सजाय तोकेको अदालतले ती पुरुषलाई भने सफाइ दिएको छ।

    गएको माघ १५ गते विहेका लागि माग्न आएका ती पुरुष र किशोरीबीच सहमतिमै यौनसम्बन्ध भएको थियो। तर, उनले आफूमाथि बलात्कार गरेको आरोपसहित घटनाको दुई दिनपछि जवरजस्ती करणीसम्बन्धी जाहेरी जिल्ला प्रहरी कार्यालय अछाममा दर्ता गराएकी थिइन्।

    बिहेको प्रस्ताव लिएर आएका ती पुरुष र आफू रातको समयमा एउटै कोठामा सुतेको अवस्थामा बलात्कार गरेको दाबी ती किशोरीको थियो। एकै कोठामा अलग अलग सुते पनि राति आफूलाई जवरजस्ती करणी गरेको जिकिर उनको थियो। तर जिल्ला सरकारी वकिलसँगको बयानमा ती पुरुषले जवरजस्ती करणी नगरेको बताएका थिए। बरु किशोरीसँगकै सहमतिमा यौनसम्बन्ध स्थापित गरेको बयान न्यायाधीवक्तासमक्ष दिएका थिए।

4565