• प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाको गाउँ जाने सडकको कालोपत्रे बुधबारबाट शुरु भएको छ। प्रधानमन्त्री देउवाको जन्मथलो गन्यापधुरा–१ अशिग्राम जाने भात्काडाँ–बडाल–रेल–उच्चाकोट सडकको स्तरोन्नती गरी कालोपत्रे गर्न थालिएको हो ।

    कच्ची सडक निर्माण भएको करिव २७ वर्षपछि अहिले बल्ल प्रधानमन्त्री कै पहलमा उक्त सडक कालोपत्रे बन्न लागेको बताइएको छ। २०५१ सालमा खाद्यान्नका लागि काम भन्ने संस्थाद्धारा सुरुवात गरिएको भात्काडा वडाल रेल सडक जिल्लाका अन्य मुख्य ग्रामीण सडक जस्तै पुरोनो सडक हो।

    जिल्लाका उग्रतारा–मेलौली सडक, बागबजार–वगरकोट सडक, बुडर–जोगबुडा सडक, पोखरा–वेलापुर सडकसँगै भात्काडा–वडाल–रेल सडक पनि करिव २७ वर्ष अघि सुरुवात गरिएका थिए। ९ करोड ६५ लाखमा अनक जोशी मालिक जेभि कञ्चनपुरले ठेक्का लिएको छ ।

    प्रधानमन्त्री देउवाको जन्म घर भात्काँडा बजारबाट करिब सात किलोमिटरको दुरीमा रहेको रुवाखोला गाउँमा पर्दछ। अन्य सडकहरुको स्तरोन्नती भई केही किलोमिटर सडक कालोपत्रे गरिएको भएपनि भात्काँडा–वडाल–रेल सडक भने बुधवार मात्रै स्तारोन्नतीका लागि सुरुवात गरिएको हो ।

4565