• सर्लाहीको ईश्वरपुरमा क्लबको घर बनाउने विषयमा भएको झडपमा संघीय सांसद प्रमोद साह घाइते भएका छन । ईश्वरपुर नगरपालिका–छ बयलवास बजारमा दुई पक्षबीचको झडपमा साहको टाउकोका गम्भिर चोट लागेको हो ।

    झडपको क्रममा दुईपक्षका स्थानीयबीच ढुंगामुढा हुँदा घाइते सांसद साहको अमृत हेल्थकेयर अस्पतालमा उपचार भैरहेको छ । वयलवासमा रहेको फुलजोर बाबा युवा क्लबको जग्गाको विषयमा केही समयदेखि स्थानीय युवाहरूबीच विवाद थियो ।

    सोही विवाद आज झडपमा परिणत भएको हो । क्लबको भवन बाटोमा परेको भन्दै केही समय पहिले आधा भत्काइएको थियो । सडक छुट्टाएर भवन बनाउने र पुनः भवन बनाउन नदिने विषयमा दुईपक्षवीच विवाद भएको प्रहरीले जनाएको छ ।

4565