-
नेपालको भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच शनिबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवासँग भेट्न चिनियाँ विदेशमन्त्री उनको निवास बालुवाटार पुगेका हुन् । सो अवसरमा परराष्ट्र मन्त्री नारायण खड्काको पनि उपस्थिति रहेको थियो । विदेशमन्त्री वाङ यीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चाबी हस्तान्तरण गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारबाटै भर्चुअल माध्यमबाट पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरणको गरिएको हो । सोही समयमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण कम्पनी ‘सीएएमसीई’लाई पर्यटन मन्त्री प्रेमबहादुर आलेले कदर पत्र हस्तान्तरण गरेका छन् । विमानस्थलको मुख्य निर्माणका काम र उपकरण जडान सफलतापूर्वक सम्पन्न भएको भन्दै चीनले सरकारलाई विमानस्थल हस्तान्तरण गरेको हो । अहिलेसम्म विमानस्थलको ९३ प्रतिशत काम सकिएको छ ।
रनवे, विमानस्थल पार्किङ, ट्याक्सी पार्किङ, एप्रोन, ह्याङ्गर, टर्मिनल भवन, ट्रान्सफर्मर लगायतका १४ वटा भवनको निर्माण काम यसअघि नै सकिएको हो । चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग २२ अर्ब रुपैयाँको लागतमा आयोजना निर्माण भइरहेको हो । विमानस्थलमा ठुला बोइङ र एअरबस विमान उडान तथा अवतरण गर्न सक्नेछन ।
News Desk 0 response शनिबार, चैत्र १२, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





