• नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टी नै देशको सबैभन्दा ठूलो दल तथा प्रमुख शक्ति भएको दाबी गरेका छन । आजबाट काठमाडौंमा सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कम्युनिस्ट पार्र्टी मध्ये मात्र नभएर देशकै सबैभन्दा ठूलो पार्टी भएको बताए ।

    नेपालको लोकतान्त्रिक आन्दोलनमा हामी मुख्य शक्ति हौं र, मूलधार हौं भन्दै ओलीले तर अहिले पनि कम्युनिस्ट पार्टीहरुमध्ये एमाले ठूलो भन्नेजस्ता शब्दावली भूलवश, भ्रमवश, नियतवश प्रयोग भइरहेको बताए ।

    बबरमहलस्थित एक ब्यांक्वेटमा सुरु बैठक आउँदो बैशाख ३० गते हुने चुनावमा केन्द्रित हुने बताइएको छ । त्यस्तै बैठकमा अध्यक्ष र महासचिवको प्रतिवेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत विषयमा छलफल हुनेछ ।

4565