-
पारस खड्का र सावित्रा भण्डारीले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको दशक अवार्डबाट सम्मानित भएका छन् । पछिल्लो १० वर्षमा नेपाली खेलकुदमा गरेको प्रदर्शनका आधारमा क्रिकेटका पारस र फुटबलकी सावित्राले दशक खेलाडी अवार्ड पाएका हुन् ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार काठमाडौंको प्रज्ञा भवनमा भव्य समारोहको आयोजना गरि दशक अवार्डबाट खेलाडीलाई पुरस्कृत गरेको हो । दशकको प्रशिक्षक अवार्डबाट भने क्रिकेटका जगत टमाटा सम्मानित बने । कोभिड १९ का कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले मञ्चले पछिल्लो एक दशक नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई दशक अवार्डबाट सम्मानित गरेको हो ।
पिपल्स च्वाईस अवार्ड भने टेबलटेनिसकी एलिना महर्जनले जितेकी गरिन् । उनले फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेललाई पछि पार्दै पिपल्स च्वाइस अवार्ड जितेकी हुन् । उनले ईसेवा भोटिड, प्रशिक्षक र खेल पत्रकारको मतका आधारमा उनी विजेता बनेकी हुन् ।
दशक पुरुष, दशक महिला र दशक प्रशिक्षक र पिपल्स च्वाइस अवार्डबाट सम्मानित बनेका चारै जनाले ट्रफीसहित बजाज पल्सर मोटरसाइकल प्राप्त गरेका छन् । यस वर्ष गोल्डेन स्यायुट अवार्डबाट शरदचन्द्र शाहलाई सम्मान गरियो ।
नेपाली खेलकुदको जग हाल्न महत्वपुर्ण भुमिका खेलेका शाहलाई कार्यक्रममा लाइफटाइम अचिभमेन्टअवार्ड अन्तर्गत मरणोपरान्त गोल्डेन स्यालुट अवार्डबाट सम्मान प्रदान गरिएको हो । यस्तै, एसियन स्पोर्टस जर्नलिस्ट अवार्डबा कुवेतका सद्दाम अल खाली सम्मानित भए । उनको सम्मान एआईपीएस एसियाका महासचिव अमजद अजिज मलिकले ग्रहण गरेका थिए ।
स्पेसल अवार्ड खेलकुद क्षेत्रमा लामो समय चिकित्सकीय सेवा गरेका अजय राणा र पर्फमर अफ दी इयरबाट एथलेटिक्सकी पुष्पा भण्डारी पाएका थिए । पारा एथलिट अवार्डबाट बास्केटबल, पावर लिफ्टिडकी सरिता थुलुङ सम्मानित हुँदा टिम अफ दी ईयरबाट थ्री नेसन्स कप विजेता नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष) सम्मानित बनेको थियो । विधागततर्फका विजेताले ट्रफीसहित जनही ५० हजार रुपैयाँ प्राप्त गरेका थिए ।
विजेता तथा सम्मानित खेलाडीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनीका प्रवन्ध निर्देशक शेखर गोल्छा, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका उपाध्यक्ष शिव कोइराला, निमित्त सदस्यसचिव कुलबहादुर थापा, मन्त्रालयका सचिव दामोदार रेग्मीसहित विभिन्न कर्पोरेट क्षेत्रका व्यक्तित्वले पुरस्कार प्रदान गरेका थिए ।
बजाजको पल्सर मुख्य प्रायोजक रहेको स्पोर्टस अवार्डलाई हरेक वर्ष नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको छ । कार्यक्रमलाई सूर्य नेपाल, इ सेवा, डिस मिडिया नेटवर्क, केल्मी, प्लाजा होटल ग्रुप, रोयल सिंगी होटल, इमेजिङ, नेबिल इनभेस्टमेन्ट बैंकिङ, रुस्लानले प्रायोजन गरेका थिए । अवार्ड कार्यक्रमलाई नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले सहयोगी भूमिका निर्वाह गरेका थिए ।
News Desk 0 response मङ्लबार, चैत्र ८, २०७८
सम्बन्धित शीर्षकहरु
सीमा सुरक्षामा मोदीको चासो
शनिबार, चैत्र १९, २०७८नेपाल र भारतबीचको सीमा विवादको बिषयलाई राजनीतिकरण गर्न नहुने भारतको प्रतिक्रिया
शनिबार, चैत्र १९, २०७८जनकपुर जयनगर रेल सेवा पूर्णरुपमा सुचारु भएसंगै जनप्रतिनिधि र स्थानीयवासी खुशी
शनिबार, चैत्र १९, २०७८-
कर्पाेरेट क्रिकेट प्रतियोगितामा हिमालयन बैंकले उपाधि जित्न सफल
सोमवार, अशोज २२, २०८० -
कैलालीको अत्तरियामा तनाव
शनिबार, चैत्र १९, २०७८ -
सावधान : बजारमा फर्मालिन प्रयोग भएका माछा
शनिबार, चैत्र १९, २०७८ -
तेल भर्न उपत्यकाका पम्पहरुमा लामो लाइन, अभाव हुने त्रास फैलियो
शनिबार, चैत्र १९, २०७८ -
नेपाल र भारतका प्रधामन्त्रीद्वारा रेल सेवाको उद्घाटनसँगै रेल आइपुग्यो जनकपुर
शनिबार, चैत्र १९, २०७८
-
सीमा सुरक्षामा मोदीको चासो
शनिबार, चैत्र १९, २०७८ -
नेपाल र भारतबीचको सीमा विवादको बिषयलाई राजनीतिकरण गर्न नहुने भारतको प्रतिक्रिया
शनिबार, चैत्र १९, २०७८ -
जनकपुर जयनगर रेल सेवा पूर्णरुपमा सुचारु भएसंगै जनप्रतिनिधि र स्थानीयवासी खुशी
शनिबार, चैत्र १९, २०७८ -
महाकाली सन्धिको अढाइ दशकपछि पञ्चेश्वरलाई गति दिन नेपाल र भारत सहमत
शनिबार, चैत्र १९, २०७८