• संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा घमण्ड नगर्न एमाले अध्यक्ष ओलीलाई चेतावनी दिएका छन् । ओलीकै घमण्डका कारण बामपन्थीहरुको दुई तिहाई नजिकको संघीय सरकार ढलेको र प्रदेश सरकार पनि गुमाउनु परेको उल्लेख गर्दै मन्त्री आलेले स्थानीय तह निर्वाचनमा पनि ६० प्रतिशत जित हासिल गर्ने ओलीको घमण्ड तोडिने बताएका छन् ।

    गौरीशंकर मिडिया प्रालिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओली घमण्ड महाभारतको दुर्योधनको जस्तो भएको बताए ।

    मन्त्री आलेले ओली प्रधानमन्त्री भएकै बेला नारायणहिटी दरबार र पशुपति आश्रम विचौलियालाई बुझाएको आरोप लगाए । विचौलियाको सेटिङमा काम गर्ने एमालेको घमण्डलाई स्थानीय निर्वाचनमा जनताले जवाफ दिने बताए । त्यस अवसरमा मन्त्री आलेले मर्यादित पत्रकारिता गर्न पनि सञ्चार माध्यामहरुलाई आग्रह गरेका थिए ।

4565