• नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशमा गोरु गाढाको सिद्धान्त कायम रहेकाले प्रतिक्रान्तिको खतरा अझै कायम नै रहेको बताएका छन । पार्टीको सिन्धुलीमा नवनिर्मित भवन उद्घाटन कार्यक्रममा अध्यक्ष दाहालले गणतन्त्र विरोधी शक्तिहरू अझै पनि संविधान उल्टाउने खेलमा रहेको बताए ।

    नेकपा एमालेका अध्यक्ष केपी ओलीतर्फ इङ्गित गर्दै दाहालले गणतन्त्र आउनु र गोरु गाढा चढेर अमेरिका जानु उस्तै हो भन्ने मान्छेहरू अहिले पनि जीवितै भएको भन्दै तिनीहरू गोरु गाढाकै सिद्धान्तमा कायम रहेको भन्दै व्यंग्य गरे ।

    देशलाई समाजवादतर्फ अघि बढाउन ओलीलाई प्रधानमन्त्री स्वीकार गरेको भन्दै दाहालले जसलाई नायक बनाउन कोसिस गरियो, उनी नै खलनायक भएको टिप्पणी गरे । ओलीले प्रतिगामी कदम चालेर लोकतन्त्रको रक्षा गर्न जनतासँग जोडिने अवसर दिएकोमा दाहालले ओलीलाई धन्यवाद पनि दिए ।

    अध्यक्ष दाहालले नेता कार्यकर्तालाई आफ्नो खुट्टामा उभिएर आफ्नो तागतमा चुनाव जित्ने संकल्प गर्न अपिल गरे ।

4565