-
संघीय निर्वाचनको त्यो माहोलले नेपालका दुई ठूला कम्युनिष्ट पार्टीलाई एउटै झण्डामुनि गोलबन्द हुने ऐतिहासिक अवसर दियो, यो अवसरमा एमाले र माओवादी केन्द्रले गठबन्धनसंगै एकतासम्म पुग्ने प्रयास गरे। यही प्रयासको बाबजुद जनताले विश्वास गरी दुई तिहाइ मत पनि दिए, जनताको त्यो अथाह विश्वासको पर्खाल भने ५ वर्ष टिक्न सकेन, अन्ततः साविक नेकपा टुक्रा टुक्रा मात्रै भएन, प्रतिशोध र आवेगको आगो. अझै धपधपी जलिरहेको छ।
संघीय निर्वाचनले जोडिएको साविकको नेकपा यतिबेला छिन्नभिन्न मात्रै भएका छैनन् । प्रतिशोध र आवेगको आगोले धपधपी बलिरहेका छन् । मुलुकका ठूला दुई कम्युनिष्ट घटक एमाले र माओवादीबीच भएको गठबन्धनले नेकपाको निर्माण भएको थियो । तर, नेकपाको विघटनसंगै पुरानै घरमा फर्किएका एमाले र माओवादी केन्द्रबीच एकले अर्काे विरुद्ध विषवमन गरिरहेका छन् ।
२०७४ असोज १७ गते संघीय निर्वाचनमा संगै जाने सहमति गरी अन्ततः एउटै बनेका नेकपा एमाले र माओवादी केन्द्रबीच यतिबेला पानी बाराबारको अवस्था छ। संघीय निर्वाचनमा बाम गठबन्धन गरेर जनतामाझ यिनीहरु पुगेका थिए, निर्वाचनमा जनताले धेरै विश्वास गरे, र झण्डै दुई तिहाइ जनमत पनि दिए, त्यो जनमत ऐतिहासिक सफलता नै थियो, किनकी अस्थिर राजनीतिबाट मुलुकलाई स्थायित्व दिन र टुक्रा टुक्रा भएका कम्युनिष्टहरुलाई एउटै झण्डामुनि गोलबन्द गर्ने प्रयत्न थियो । यो प्रयत्नमा जनताले अथाह समर्थन देखाए, तर, साविक नेकपाले जनतको विश्वासलाई जीवन्त बनाउन सकेन । पाँच वर्षको लागि सार्वभौम जनताले गरेको त्यो अथाह विश्वासलाई पूर्ण आयूसम्म पुराउनु पर्ने थियो, दुर्भाग्य त्यो हुन दिइएन, बरु अल्पआयूमा विशाल कम्युनिष्ट पार्टी उठ्नै नसक्ने गरि चिराचिरा प¥यो ।आवेग र प्रतिशोधको आगोले ढलेको त्यो साविक नेकपा महल इतिहासमै थन्कियो । भलै राजनीति सम्भावनाको खेल हो भन्छन, तर इतिहासको त्यो सुनौलो अवसर अब फकिन त मुश्किलै होला । २०७५ जेष्ठमा निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी छिन्नभिन्न मात्रै भएन , आफ्नै तागत र मेहनतले आर्जित दुई तिहाई बहुमत प्राप्त सरकार ढालेर दोश्रो दल कांग्रेसलाई सत्ता बुझाइयो। जुन राजनीतिक भाषामा गैरराजनीतिक चरित्र नै थियो । जनताले प्रतिपक्षको साइजमा राखिदिएका थिए कांग्रेसलाई ।तर,साविक नेकपाभित्रको भुसको आगोले सत्ता संचालनको सौभाग्य कांग्रेसले पायो ।
ओलीमाथि निरंकुश, तानाशाही र अहंकारीको आरोप लगाएर पुष्पकमल दाहाल र माधवकुमार नेपालले सत्ता कांग्रेसलाई बुझाए, उता ओलीले नेकपाभित्र यति धेरै अहंकार र दम्भ देखाएकी, जहाँ उनले आफ्नै सहयात्रीलाई गलाउन र ढलाउन जे जस्ता हर्कत गर्न पनि भ्याए । यसरी नेतृत्वबीचमा मौलाएको प्रतिशोध, आवेग कुण्ठा, निरंकुशता, अंहकारले अन्ततः नेकपा सग्लो नरहेको मात्रै होइन, नेताहरुबीचको तल्लोस्तरको टिप्पणीले एकै ठाउँमा उभिने त असम्भव भयो नै । मुलुकले ठूलो नोक्शानी बेहोर्यो ।
News Desk 0 response बिहिबार, चैत्र ३, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३
-
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३





