• नेकपा एमालेले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रीत हुन सांसदहरुलाई निर्देशन दिएको छ । संसद भवन नयाँ बानेश्वरमा बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी ओलीले एमालेको एजेण्डा लिएर गाँउ गाँउमा जान सांसदहरुलाई निर्देशन दिएका हुन् ।

    बैठकमा ओलीले एमाले देशभर एक्लै चुनावी प्रतिस्पर्धामा जाने र अत्यधिक स्थानमा जित निकाल्ने बताएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । ओलीले सांसदहरुलाई आफ्नो हैसियत र मर्यादा नखोजी जनतामाझ जान तथा सरकारको गलत कामको भण्डाफोर र संसद विघटनको विषयमा पार्टीको धारणा स्पष्ट राख्न पनि आग्रह गरेका छन् ।

    बैठकले संसद अधिवेशनमा सत्तारुढ गठबन्धनले आफ्नो उद्देश्यमात्र पुरा गरेको र जनताको समस्याका बारेमा छलफल गर्न गठबन्धन र सभामुखले कुनै प्रयास नगरेको निष्कर्ष निकालेको पनि भट्टराईले जानकारी दिए । उनले संसद अधिवेशन अन्त्य गरेर सरकारले प्रधानन्यायधिशमाथिको महाभियोग पास गर्ने नियतले नल्याएको पुष्टि गरेको पनि बताए ।

4565