• नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय निर्वाचनमा माओवादी एक्लै लड्न सक्ने संकेत गरेका छन् । प्रेस सेन्टर नुवाकोटले विदुर नगरपालिकाको पिपलटारमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष दाहालले जनतासँग सम्बन्ध बलियो वनाएर आफ्नै तागतमा उठ्ने कुरालाई उच्च प्राथमिकता दिएको बताएका हुन् ।

    अध्यक्ष दाहालले केन्द्रिय समिति बैठकको निर्णय अनुसार दुई महिने निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गरे अनुसार पार्टी देशब्यापी अभियानमा रहेको बताए । एमसीसी पास भएसँगै पार्टी भित्र फुट आउन सक्ने हल्ला वाहिर चलेपनि पार्टी भित्र त्यस्तो अवस्था नरहेको उनको भनाइ छ ।

    नुवाकोटमा जन्मिएर माओवादी आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वर्गिय नेता पोष्टवहादुर बोगटीको शालिक अनावरण कार्यक्रमका लागि दाहाल नुवाकोट पुगेका हुन् । कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको पनि उपस्थिति रहेको थियो ।

4565