• नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले काँग्रेस र एमालेले सबै ठाउँमा जित्छु भन्नु पैसाको धाक भएको आरोप लगाएका छन् ।शनिवार नेकपा (एकीकृत समाजवादी) इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेसका गठबन्धनसँग मिलेर चुनावमा नजाने पक्षमा रहेका नेताहरुले पैसाको धाक लगाएर पहिलो नम्बरमा आफूलाई निर्वाचनमा हराउने निर्णय गरेको आरोप लगाए ।

    नेता खनालले देशको परिस्थिति नयाँ मोडतिर अघि बढीरहेको उल्लेख गर्दै नेपालमा उल्टो तरिकाबाट निर्वाचनको प्रक्रिया भइरहेको बताए । उनले देशमा निर्वाचनहरु सामान्यतःराष्ट्रिय निर्वाचन पहिला हुनुपर्ने त्यसपछि मात्र प्रदेश र स्थानीय निर्वाचन हुनुपर्ने भन्दै विगतमा ऐन, कानून नबन्दा यी समस्या सिर्जना भएको उल्लेख गरे ।

4565