• फ्रेन्ड्स क्लव सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा आइतबार क्यामरुनको एभेनिर फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै फ्रेन्ड्स अन्तिम चारमा पुगेको हो । फ्रेन्ड्सलाई जित दिलाउन दुवै गोल जमोउल एन्थोनी फ्रान्कोईसले गरे ।

    उनले खेलको ५८ औं र ७६औँ मिनेटमा गोल गरेका हुन् । अब फ्रेन्ड्सले फाइनल प्रवेशका लागि मछिन्द्र र बागमती युथ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । १० टिम सहभागी प्रतियोगिताको विजेता टोलीले ट्रफिसहित नगद २१ लाख प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

4565