• तनहुको दमौलीमा भएको आगलागीबाट ५ वटा घर जलेर नष्ट भएको छ । ब्यास नगरपालिका–४ मा रहेको भुपाल हार्डवेयर र ज्योति हार्डवेयरबाट सल्केको आगोले अन्य घरमा पनि क्षति पुर्याएको हो । आगलागीबाट स्थानीय चन्द्रबहादुर गुरुङ, लालबहादुर गुरुङ, निरबहादुर गुरुङ र चन्द्रमाया विकको घर पनि जलेर नष्ट भएको हो ।

    हेलिकोप्टर र दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आगो करिव चार घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीबाट करोडौँ क्षति भएको अनुमान गरिएको छ । आगलागी भएको मौका छोपी आगलागी भएका घरबाट चामलका बोरा, ग्यासका सिलिन्डर, सुन, नगद, लत्ताकपडा चोरी भएको बताइएको छ ।

4565