-
नेपाली बजारमा सुनको भाउ तोलाको १ लाख रूपैयाँमाथि पुगेको छ । आइतबार एकैदिन तोलामा २ हजार रूपैयाँले बढेर सुनको भाउ १ लाख रूपैयाँमाथि पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १ हजार ९ सय रूपैयाँमा कारोबार भएको छ ।
तेजाबी सुन प्रतितोला १ लाख १ हजार ४ सय रूपैयाँमा खरिद बिक्री भएको छ । चाँदी पनि तोलामा ३५ रूपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १५ रूपैयाँमा कारोबार भएको छ । गत साता ९६ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आईतबार ५३ सय बढेर १ लाख १ हजार ९ सय पुगेको हो । पछिल्लो समय रूस र युक्रेनबीच चर्किएको द्धन्द्धको कारण अन्तराष्ट्रिय बजारमा सुनको भाउ महँगिदै गएको छ ।
यसैबीच, राष्ट्रबैंकले आजदेखि लागू हुने गरी सुनको आयात कोटा घटाएको छ । अब प्रतिदिन १० केजी सुन मात्रै आयात हुने भएको छ । यसअघि प्रतिदिन २० केजीसम्म आयात गर्न पाइने प्रावधान रहेको थियो ।
News Desk 0 response आइतवार, फाल्गुन २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३