-
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा ‘महाभियोग सिफारिस समिति’ गठन भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो । समितिमा एमालेका तर्फबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिबमाया तुम्बाहाम्फे, कृष्ण भक्त पोखरेल रहेका छन् । त्यस्तै कांग्रेसबाट मीन बहादुर विश्वकर्मा, राम बहादुर बिष्ट , माओवादी केन्द्रका तर्फबाट यसोदा सुवेदी, रेखा शर्मा रहेका छन् भने नेकपा एकीकृत समाजवादीका तर्फबाट कल्याणी खड्का, लोसपाबाट एकवाल मिया र जसपाबाट प्रमोद साह रहेको सभामुख अग्नी सापकोटाले बताए ।
समितिलाई छानवीन गरी प्रतिवेदन बुझाउन तीन महिनाको समयसीमा दिइएको छ । प्रतिनिधि सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं प्रतिवेदन पेस भएको छ । त्यस्तै, जबरजस्ती करणी मुद्दामा पक्राउ परेका नेकपा एमालेका सांसद् निलम्बनमा परेको सूचना पनि पढेर सुनाइएको छ । आइतबारको बैठकमा पनि एमाले सांसदहरुले नारावाजी गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक फाल्गुन २९ गते आइतबार बोलाइएको छ ।
News Desk 0 response आइतवार, फाल्गुन २२, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





