• उदयपुर अस्पतालमा गएराति एक गर्भवती महिलाको मृत्यु भएपछि शुक्रबार तनाव भएको छ । उदयपुरगढी गाउँपालिका –६ की ३२ वर्षिया गर्भवती सिता राउत कार्कीको प्रसुती सेवा लिने क्रममा मृत्यु भएपछि परिवार र आफन्तले उपचारमा लापरबाही भएको भन्दै आक्रोश पोखेपछि स्थिति तनावग्रस्त भएको हो । पीडित पक्षले आमाको मृत्युले दुई छोरीको विचल्नी हुने भन्दै उनीहरुको भविष्यको ग्यारेण्टीको माग स्थानीय प्रशासनसंग गरेका छन् । पीडित पक्षले मृतक गर्भवतीको शब प्रसुती गृहको शैयाबाट उठाएको छैनन् ।

    घटनाप्रति अस्पताल प्रशासन गम्भीर भइ गर्भवतीको के कसरी मृत्य भयो भन्ने बारेमा छानविनमा रहेको अस्पताल मेडिकल सुपरिटेन्डेनट डा. मुकेश झाले बताए । सामान्यरुपले सुत्केरी हुने नदेखिएपछि अप्रेशनको तयारी भइरहदा अचानक मृत्यु भएको उनले बताए ।

    अस्पतालको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै अस्पतालको केही संरचनामा तोडफोडसमेत भएको छ । चिकित्सकसमेतलाई हातपात भएपछि सुरक्षा ब्यवस्था कडा पारिएको छ ।

4565