-
एमसीसीको विषयलाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल र नेता नारायणकाजी श्रेष्ठले बैठकमै एकअर्काको आलोचना गरेका छन् । शुक्रबारबाट सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले एमसीसीको बचाउ गरेका थिए भने श्रेष्ठले चर्को आलोचना गरे ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी पारित गर्ने क्रममा देखिएको विवाद र पार्टीले लिनुपरेका निर्णयका बारेमा प्रष्टीकरण दिएका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाएरै भएपनि एमसीसी पास गर्न खोजेपछि आफूहरु एमसीसीको पक्षमा लागेको स्पष्टिकरण दिएका थिए ।
दाहालले गठबन्धनलाई जोगाउनका लागि व्याख्यात्मक घोषणामा सहमति जुटाइएको स्पष्टिकरण दिएका थिए । एमालेले एमसीसीलाई गठबन्धन भत्काउने हतियारका रुपमा प्रयोग गर्न खोजेको र प्रधानमन्त्री देउवा पनि त्यतै ढल्किन खोजेपछि व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरिएको बताए ।
दाहालले व्याख्यात्मक घोषणा सहितको एमसीसी नै लागू हुने भन्दै सबैलाई आश्वस्त पार्ने प्रयास गरेका थिए । एमाले र काँग्रेस मिल्दा सभामुखको पद समेत जोगिन नसक्ने अवस्था रहेकाले पार्टीले पेश गर्न दिने नीति लिएको दाहालको भनाइ थियो । काँग्रेस र एमाले मिलेर माओवादीलाई केन्द्र र प्रदेश सरकारबाट हटाउने सम्मको योजना भएको पनि दाहालले खुलाशा गरे ।
उता बैठकमा बोलेका नेता नारायणकाजी श्रेष्ठले भने अमेरिकासँग भएको एमसीसी सम्झौता पारित गर्न पार्टीले खेलेको भूमिकाको कडा आलोचना गरेका थिए । उनले आफूलगायतका नेताहरुले एमसीसीको विरोध गर्दा अध्यक्ष दाहालले पार्टी छाडे पनि हुन्छ भन्नेसम्मको अभिव्यक्ति दिएको भन्दै तिव्र असन्तुष्टि पोखेका थिए ।
उनले पार्र्टी अध्यक्ष दाहालसँगको आफ्नो सम्बन्ध कठिन क्षणमा पुगेको र पार्टी पनि गम्भीर अवस्थामा पुगेको बताएका थिए । दुई जना नेताले सम्बोधन गरेपछि आइतबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





