-
अष्ट्रेलिया महान् स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा असामयिक निधन भएको छ । फक्स क्रिकेटका अनुसार वार्नको हृद्धयघातको कारण मृत्यु भएको आशंका गरिएको छ ।विश्वकै सर्वाधिक सफल लेगस्पिनर मानिने वार्नले अष्ट्रेलियाबाट १ सय ४५ टेस्ट र १ सय ९४ ओडिआई खेल खेलेका थिए । उनले टेस्टमा ७ सय ८ विकेट र ओडिआईमा २ सय ९३ विकेट लिएका थिए ।
टेस्टमा वार्न श्रीलंका स्पिनर मथैया मुरलीधरनको ८ सय विकेटपछि सर्वाधिक विकेट लिने बलर समेत हुन् । वार्न १९९२ देखि २००५ सम्म विश्व क्रिकेटका उत्कृष्ट स्पिनर थिए ।
वार्नले सन् १९९२ मा भारतविरुद्ध टेस्ट क्रिकेटमा सिड्नीमा डेब्यू गरेका थिए । २००७ मा सिड्नीमै इंग्ल्यान्डविरुद्ध अन्तिम टेस्ट खेल खेलेका थिए । ओडिआईमा उनले सन् १९९३ मा न्युजिल्यान्डविरुद्ध डेब्यू गरेका थिए । उनले अन्तिम खेल मेलबर्नमा एसिया ११ विरुद्ध २००५ म खेलेका थिए । वार्न लेगस्पिनमा विश्वका सर्वाधिक सफल बलर हुन् । स्पिनमा टर्न बलको कुरा गर्दा उनको याद पहिला आउने गर्दछ । विश्व क्रिकेटकै एक सर्वाधिक सफल स्पिनरमा उनी पर्दथें ।
News Desk 0 response शुक्रबार, फाल्गुन २०, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३ -
सुनसरीमा निःशुल्क २५ जनालाई सीपमूलक बारिष्टा तालिम असार ८ गते देखि हुने
शनिबार, असार ६, २०८३