• मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।धनगढी रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा भारतको दिल्ली फुटबल क्लबलाई २–१ गोल अन्तरले हराउँदै मनाङले सुखद सुरुआत गरेको हो । ।मनाङलाई जित दिलाउन अन्जन विष्ट र विमल रानाले एक एक गोल गरे ।

    दिल्लीका लागि कृष्णले एक गोल फर्काए ।खेलको ७१ औं मिनेटमा कृष्णले गोल गर्दै दिल्लीलाई सुरुआती अग्रता दिलाएका थिए ।तर, ८२ औं मिनेटमा कप्तान अन्जनले गोल गर्दै मनाङलाई १–१ गोलको बराबरीमा ल्याए ।त्यसपछि खेलको ८५ औं मिनेटमा विमलले गोल गर्दै मनाङलाई २–१ को जित दिलाए ।प्रतियोगिता अन्तर्गत भोलि शुक्रबार बागमती युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ ।प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ ।

    उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने आयोजकले जनाएको छ ।

4565