• काभ्रेको बनेपा नगरपालिका वडा नं. १४ आशापुरीस्थित ढुंगाखानीमा माथिबाट खसेको पहिरोले पुरेर एक जनाको मुत्यू हुनका साथै दूई जना घाइते भएका छन् ।आशापुरी रोडाढुंगा सप्लायर्स प्रा.लिले सञ्चालन गरेको खानीमा आज दिउँसो ढुंगा लोड गर्ने क्रममा माथिबाट खसेको ढुंगाले पुरेर.रामेछाप दोरम्बा सैलुङ गाउँपालिका ४ घर भई हाल भक्तपुर ठिमि बस्ने अन्दाजी बर्ष ३२ को श्याम मगरको मृत्यू भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मुत्यू भएका मगर प्रदेश ३–०२–००३ क ५७४८ नं. को टिफर चालक हुन । उहाँको पुरिएको अवस्थामा शव निकालेको हो ।

    सो घटनामा परि काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं. १४ आशापुरी बस्ने बर्ष २९ को सिन्दमान तामाङ र खोटाङ जिल्ला खोटाङ गाउँप ालिका वडा २ घर भई हाल बनेपा नगरपालिका १४ आशापुरी बस्ने बर्ष २२ को रमेश सार्की घाईते भएका छन् । स्काभेटर चालक लामाको छाति र टाउकोमा चोट लागेको र सह–चालक सार्कीको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । अवस्था मध्यम रहेको दुवै जनाको भक्तपुस्थित भक्तपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

    सुक्खा पहिरो खसी दूई स्काईभेटर, तीन टिफर र एक निशान गाडी पुरीएको छ । स्थानीय पाँच जनाको नाममा रहेको ७५ रोपनी जग्गा र सप्लायर्सको नाममा रहेको ६५ रोपनी जग्गामा विगत तीन बर्षदेखि सो क्षेत्रमा खानी सञ्चालन गर्दै आएको छ । घटना लगतै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नेतृत्वमा जिल्लाका सुरक्षा निकायका प्रमुखबाट घटनाको विषयमा जानकारी लिन घटनास्थल पुग्नु भएको थियो ।

4565