• काठमाडौंबाट सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका सिपाबडहरे गइरहेको बा २ख ६५८८ नम्बरको हेलम्बु यातायातको बस इन्द्रावती नदीको वगरमा दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जना घाइते भएका छन भने ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

    यात्रुबाहक बस घुम्ति बाटोमा बालुवामा चिप्लिएर दुर्घटना भएको थियो । घाइतेहरु सबैको बोडगाउँ मेडिकल सेन्टर, इन्द्रावती ११ मा उपचार भइरहेको छ ।

4565