-
नेकपा एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोटमा नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच भएको छलफल विना निष्कर्ष टुंगिएको छ । एमसीसी संसदबाट अनुमोदनका लागि सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका नेताहरु शुक्रबार राति बालकोट पुगेका थिए ।
दुई घण्टाभन्दा बढी भएको छलफलमा एमालेले १४ सांसदलाई कारबाही गर्नुपर्ने पुरानै अडान दोहो¥याएपछि कुनै ठोस सहमति जुट्न नसकेको बताइएको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष ओलीले कांग्रेस र एमाले लोकतन्त्रको यात्राका सहयात्री भएकाले एकै ठाउँमा रहनुपर्नेमा जोड दिएको बताए ।
एमालेका एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाले अलिकति फराकिलो ढंगले लोकतन्त्रका लागि लडेका शक्ति मिल्नुपर्ने संकेत गरे पनि कांग्रेसबाट सहमतिका लागि कुनै ठोस प्रस्ताव नआएको जानकारी दिए । उनले सत्तासमीकरणका बारेमा आफ्नो पार्टीको रुची नभएकाले कुनै छलफल नभएको बताए ।
News Desk 0 response शुक्रबार, फाल्गुन १३, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





