• रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ । युद्वको प्रभावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९७.४४ अमेरिकी डलर पुगेको छ । रुस युक्रेन माथि आक्रमण मानै शुरु गरेपछि विश्वको शेयर बजार गिरावट आएको छ ।

    कच्चा तेलको मूल्य उच्च विन्दुमा पुगेको छ भने सुन चाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा नै बढेको छ । अन्तरराष्ट्रिय बजारको असरले नेपालमा पनि बिहीबार एकै दिन सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ ।

    बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयाँ रहेकोमा बिहीवार २ हजार ५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि प्रतितोला ३५ ले बढेर १ हजार ३१५ रुपैयाँ पुगेको छ ।

4565