-
एमसीसी सम्झौता संसदमा पेश गरेको विरोधमा बिहीबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । एमसीसी राष्ट्रहितमा नभएको भन्दै विभिन्न राजनीतिक दल र तिनका भ्रातृ संगठनहरुले विरोध प्रदर्शन गरेका हु्न्। बिरोध प्रर्दशनमा प्रदर्शकारी र प्रहरीबीच भडप समेत भएको छ ।
एमसीसी सम्झौता संसदमा पेश गरेपपछि सडक आन्दोलन थप चर्किएको छ। संघीय संसद अघि नयाँ बानेश्वरमा विभिन्न दल र तिनको भातृसंगठनले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले एमसीसी राष्ट्रहितको विपरित भएको भन्दैै सडकमा चर्काे नाराबाजी गरेका ह्न् ।
बिहीबार पनि एमसीसीको विषयले राजधानी काठमाडौैका माइतीघर, बबरमहल, नयाँ बानेश्वर र मीनभवन क्षेत्र तनावग्रस्त बन्यो । एमसीसीको विरुद्धमा नयाँ बानेश्वरमा भएको प्रर्दशनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रर्दशनकारीले संसद भवन घेराउ गर्ने गर्ने प्रयास गरेपछि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरेर प्रदर्शनलाई रोक्ने प्रयास गरेको थियो । प्रहरीले भीड नियन्त्रण गर्न बल प्रयोग गरेपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेको थिए ।
प्रदर्शनका क्रममा केही घाईते भएका छन,प्रदर्शनमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा, नेकपा–क्रान्तिकारी माओवादीलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता सहभागी थिए । सरकारले यही फागुन ८ गते एमसीसी छलफलका लागि संसदमा पेश गरिसकेको छ । सत्तारुढ दलहरु नै एमसीसीको विषयमा पक्ष र विपक्षमा उभिएका छन् । एमसीसी यथास्थितिमा पास गर्नु नहुने भन्दै सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनले एमसीसी विरुद्ध आन्दोलन गर्दै आएका छन् ।
News Desk 0 response बिहिबार, फाल्गुन १२, २०७८
-
मौलिक लोक सङ्गीतमा गङ्गा गौतमको सक्रियता, दुई गीत सार्वजनिक
मङ्लबार, बैशाख २९, २०८३ -
डीभीएमकी छात्रा शिखा लकान्द्रीले ल्याइन् ४ जीपीए, विद्यालयद्वारा नगदसहित सम्मान
मङ्लबार, बैशाख २९, २०८३ -
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३

मङ्लबार, बैशाख २९, २०८३