-
धादिङको विभिन्न पालिकामा पर्यटन प्रबद्र्धन र संरचना संरक्षणका लागि विभिन्न योजना बनाएर काम अघि बढेको छ । यसका लागि बागमती प्रदेश सरकार डिभिजन बन कार्यालयले २० वटा योजनालाई सम्पन्न गर्न बजेट विनियोजन भएको छ ।
वागमति प्रदेश सरकार उद्योग पर्यटन मन्त्रालय मार्फत पर्यापर्यटन तथा पर्यटन पुर्वाधार विकासको लागि काम अघि बढेको छ । वातावरण संरक्षण तथा सहरी वन कार्यक्रम अन्तर्गत २० वटा कार्यक्रम कार्यान्वयन गर्ने गरि वजेटसमेत विनियोजन गरिएको छ । डिभिजन वन कार्यालय धादिङले जिल्ला स्थित विभिन्न पालिकाहरूमा २ करोड ९०लाखको २० वटा योजना ल्याएको हो । उक्त कार्यक्रम मध्येका १४ वटा योजनाहरू सम्झौता भएर निर्माणका काम भईरहेका छन् । धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका वडा नम्वर १४ स्थित धुवाकोटमा रातमाटेमा मगर संग्राहलय अधुरो निर्माणकालागि उपभोक्ता समिति गठन गरि सम्झौता पश्चात् काम शुरू गरिएको छ ।
यसैगरि नेत्रवती डब्जुङ्ग गाउँपालिका वडा नम्वर ५ कटुन्जे बजार स्थित डाँडामा कविसुभानन्द स्मृती पार्क निर्माण उपभोक्ता समिति मार्फत पार्क निर्माण, फलामे फलैचा फुलबारी लगायतका काम भईरहेको छ ।
पार्क सम्म आन्तरिक तथा वाह्य पर्यटकहरूलाई आवातजावतमा सहज पुर्याउने उद्देश्यले महावीर चुलि गुफा पदमार्ग निर्माण उभोक्ता समिति मार्फत नयाँ ट्रयाक खोलि चारसय असी मिटर सम्म आर सिसि सिडी निर्माणको काम सञ्चालन भईरहेको छ ।निर्माणाधिन अवस्थाका तीनवटा योजनाहरूको अनुगमन गरिएको डिभिजन वन कार्यालय धादिङका डिभिजनल वन अधिकृत अजय विक्रम मान्नधर बताए ।
यसका साथै कार्यालयले पहिरो रोकथाम तथा खाली डाँडाहरूमा बृक्षारोपणका लागि डिभिजन र सव डिभिजन वन कार्यालय मार्फत बिभिन्न जातका बिरुवा उत्पादन गरि उपभोक्ता समितिलाई वितरणका साथै बृक्षारोपण समेत गर्दै आएको छ ।
News Desk 0 response आइतवार, फाल्गुन ८, २०७८
-
मौलिक लोक सङ्गीतमा गङ्गा गौतमको सक्रियता, दुई गीत सार्वजनिक
मङ्लबार, बैशाख २९, २०८३ -
डीभीएमकी छात्रा शिखा लकान्द्रीले ल्याइन् ४ जीपीए, विद्यालयद्वारा नगदसहित सम्मान
मङ्लबार, बैशाख २९, २०८३ -
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३

मङ्लबार, बैशाख २९, २०८३