-
उदयपुरको त्रियुगा नगरपालिकाले वडा नं. १ लाई सिमसार पर्यटन क्षेत्रको रुपमा विकास गर्ने भएको छ । यहाँ प्रशस्त सिमसार क्षेत्र रहेको त्यसको संरक्षणमा नगरपालिका जुटेको छ । स्थानीय श्रमदान र नगरापालिकाको सहयोगमा संरचना निर्माण भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिकाले वडा नं. १ लाई सिमसार पर्यटन क्षेत्रको रुपमा विकास गर्ने भएको छ । यस वडामा प्रशस्त सिमसार क्षेत्र रहेको र त्यसको संरक्षणमा जोड दिदै पर्यटन प्रवद्र्धनमा जुटेको नगरपालिकाले बताएकोछ । नगरपालिकासंगै स्थानीयहरु पनि उत्तिकै लागी परेका छन् ।
वडाको धनगढीस्थित साकेलाथान, भिमसेनथान पर्यटन प्रवद्र्धन तथा बनभोज स्थल निर्माण भएको छ । नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीयको विशेष पहल तथा जनश्रमदानबाट गाउँ नजिकैको रमणीय जङ्गलमा उक्त स्थल निर्माण भएको हो । वन संरक्षणसंगै त्यहाँरहेको सिमसारको पानी पोखरीमा जम्मा परी सिँचाई गर्ने, राई समुयदायको साकेलाथान र थारु समुदायको भिमसेनथान, राजाजी मन्दिर लगायतका धार्मिक संरचना, बनभोज स्थल निर्माणको काम भएको छ । जङ्गल सफारी गरेर मनोरञ्जन लिन तथा पिकनिक खानका लागि राम्रो स्थल बनाइएको छ ।
त्याँहा पुग्नको लागि सिंढि, २ वटा कटेज र कटेजसम्म जोडिएको सिमेन्ट ढलान बाटो निर्माण गरिएको छ । स्थानीयको आकर्षण बढ्दै गएको र यसको व्यवस्थापनमा सहजताका लागि नगरपालिका लगायतको टोलीले अवलोकन गरेको छ ।जङ्गल क्षेत्र र प्राकृतिक पर्यावरण प्रशस्त रहेकोले हात्ति सफारीसमेतको ब्यवस्था मिलाउने नगरपालिकाको तयारी छ । नगरक्षेत्रको १६ वटा वडाहरु सबैको आ–आप्mनै विशेषता रहेकोमा १ नं. वडा वन जङ्गलको धनीका साथै विशेष सिमसार क्षेत्र रुपमा प्रख्यात छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन ६, २०७८
-
मौलिक लोक सङ्गीतमा गङ्गा गौतमको सक्रियता, दुई गीत सार्वजनिक
मङ्लबार, बैशाख २९, २०८३ -
डीभीएमकी छात्रा शिखा लकान्द्रीले ल्याइन् ४ जीपीए, विद्यालयद्वारा नगदसहित सम्मान
मङ्लबार, बैशाख २९, २०८३ -
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३

मङ्लबार, बैशाख २९, २०८३