-
नेपालमा एमसीसीको विषयमा विवाद भइरहेको बेला चीनले अमेरिकी दबाब भन्दै विरोध गरेको छ। अमेरिकाले नेपालमा ‘बलजफ्ती कूटनीति’ गरेको भन्दै चीनले विरोध गरेको हो ।एमसीसी अनुमोदन नभए चिनियाँ हस्तक्षेप भएको हुन सक्ने अमेरिकी आरोपको चीनले खण्डन गरेको हो ।
अमेरिकाले नेपालमा बलजफ्ती एमसीसी अनुमोदन गराउन दिएको दबाबलाई चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिङले आफूहरू ‘बलजफ्ती कूटनीति’को विपक्षमा रहेको बताएका छन् । उनले नेपालको असल छिमेकी र विकास साझेदारका रुपमा चीन रहेको बताएका छन् । विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिङले चीन नेपाली जनताले आफ्नो देशको हित अनुकूलको निर्णयलाई साथ दिने बताए ।
अमेरिकाले आफ्नो सहयोग परियोजना एमसीसी अनुमोदनका लागि २८ फेब्रुअरी अर्थात् १६ फागुनसम्म समय दिएको छ । तर, दलहरूबीच सहमति जुट्न नसकेपछि २७ माघमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले प्रधानमन्त्रीसहितका नेताहरुलाई दबाब दिएका थिए ।
त्यसैगरि यता अमेरिकी सहयोग एमसीसीको विषयलाई लिएर नेपालमा भैरहेको विवाद र प्रदर्शनप्रति अमेरिकाले आपत्ति जनाएको छ ।नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी जे बेरीले ट्वीट गर्दै भैरहेका विरोध प्रदर्शनप्रति आपत्ति जनाएका हुन् ।
उनले आफूहरु स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक रहेको भन्दै हिंसा र हिंसालाई प्रोत्साहित गर्ने कार्य स्वीकार्य नहुने बताए । आफ्नो विचार व्यक्त गर्ने अधिकार लोकतन्त्रको अन्तर्निहित आवश्यक तत्व भएको र मानिसहरुले शान्तिपूर्वक आफ्ना विचारहरु सार्वजनिक गर्न पाउनुपर्ने उनको भनाइ छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन ६, २०७८
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३





