• कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले एमसीसी सम्झौता शुक्रबार बोलाइएको प्रतिनिधिसभा बैठकमा टेवल हुने बताएका छन् । मन्त्री बडुले दलहरुबीचको सहमतिमै सम्झौता अघि बढाउन सरकारले आज र भोलीको समय दिएको स्पष्ट पारे । बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै मन्त्री बडुले एमसीसीलाई टुंगो लगाउने सार्वभौम संस्था संसद भएकाले त्यहीँ छलफल गरेर टुंगो लगाउन सरकारले चाहिरहेको बताए ।

    मन्त्री बडुले दुई दिन भित्र सो सम्झौता संसदबाट पारित गराउन दलहरुबीच सहमती हुने विश्वास समेत व्यक्त गरे ।

4565