• अमेरिकी सहयोग परियोजना एमसीसी आजको प्रतिनिधि सभा बैठकमा टेबल भएन । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच संसदमा आज एमसीसी पेश नगर्ने सहमति भएपछि टेबुल नभएको हो ।

    भोलि गठबन्धनका नेताहरुको बैठक बसेर एमसीसीबारे थप छलफल गर्ने सहमति समेत भएको छ । एमसीसीबारे भोलिको बैठकले आवश्यक निर्णय गर्ने बताइएको छ । सत्ता साझेदार दल माओवादीको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन बिना एमसीसी पारित हुन नसक्ने निष्कर्ष निकालेपछि प्रधानमन्त्री देउवा पछि हटेका हुन् ।

4565