-
त्रिभुवन विश्वविद्यालयमा यो वर्ष मात्रै विभिन्न समुहले पटक–पटक गरी ३ महिनाभन्दा बढी तालाबन्दी गरेका छन् । गत माघ ६ गतेदेखि हालसम्म विद्यार्थीहरु र गत हप्तादेखि आंशिक शिक्षकले तालबन्दी गर्दा त्रिविको कामकाज प्रभावित भएको छ ।
उच्चशिक्षा अध्ययनको थलो त्रिभुवन विश्वविद्यालको उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टारको कार्यालय तथा मानविकी, शिक्षा र विज्ञान संकायमा लामो समयदेखि ताला लागेको छ । तालाबन्दीका कारण प्राज्ञिक परिषद्, योजना निर्देशनालय, आर्थिक प्रशासन, कर्मचारी प्रशासन, अनुगमन निर्देशनालय लगायतका काम ठप्प भएको छ । आन्दोलनरत पक्षले उठाएका माग सम्बोधनका लागि विभिन्न वार्ता समिति गठन भएपनि आन्दोलनरत पक्ष सहमतिमा नआएको त्रिविको भनाइ छ ।
मुलुकको ७६ जिल्लामा फैलिएको र ८० प्रतिशत शैक्षिक भार बोकेको विश्वविद्यालयमा आंशिक प्राध्यापक र विद्यार्थीहरुले महिनौसम्म तालाबन्दी गर्दा ठूलो क्षति भएको छ । आंशिक प्राध्यापक संघले २ हजार २ सय आंशिक प्राध्यापकहरुलाई स्थायी गनुपर्ने लगायतका माग राख्दै र विद्यार्थी संगठनहरुले घुस नपाउँदा सम्बन्धन खारेज गरेको लगायतका आरोप लगाउदै तालाबन्दी गरेका हुन् ।
शैक्षिक संस्थालाई शान्ति क्षेत्र मानेर सरकारले नै बन्द हड्ताल निषेध गरेको अवस्थामा विश्वविद्यालयमा विभिन्न माग राख्दै हुने आन्दोलनले कसैलाई पनि फाइदा पुग्ने देखिदैन । तसर्थ कुनै पनि समस्या आन्दोलनमार्फत नभई वार्ता र संवादको नाममा हल गर्न सबै सरोकार पक्ष गभ्भीर हुन जरुरी छ ।
News Desk 0 response बुधबार, फाल्गुन ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





