-
नेपाली कांग्रेसले एमसीसी नेपालको हितमा भएको ठहर गरेको छ । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकले एमसीसी राष्ट्रिय हितमा भएकाले संसदबाट पारित गर्ने निर्णय पनि गरेको हो । बैठकपछि काँग्रेस नेता डा. शशांक कोईरालाले बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुनसक्ने बताए ।
उनले एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको बताए । नेता कोईरालाले एमसीसीको रुपरेखाहरु नेपाल सरकारले नै बनाउने कुरा बैठकमा छलफल गरिएको समेत बताए ।
नेता डा. रामशरण महतले एमसीसी राष्ट्रिय हितमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताए । उनले एमसीसीको बारेमा गलत आलोचना गरेर शक्तिशाली र सहयोगी राष्ट्रसँगको सम्बन्धमा दखल गर्न खोजिएको आरोप समेत लगाए ।
नेतृ सुजाता कोईरालाले एमसीसी पारित गर्न ढिलाई गर्न नहुने बताइन् । एमसीसीलाई सबै दलले अघि बढाएको बताउँदै विकासको योजना सबै दलले मिलेर पारित गर्नुपर्ने उनले दाबी गरिन् ।
प्रधानमन्त्री देउवाले यसअघि नै फेब्रुअरी २८ भित्र एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउने प्रतिवद्धता जनाइसकेका छन् । त्यसकालागि अब डेढ हप्तामात्रै बाँकी छ ।
News Desk 0 response मङ्लबार, फाल्गुन ३, २०७८
सम्बन्धित शीर्षकहरु
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
उचाइमा पुगौँ, तर आफ्नो जरा कहिल्यै नबिर्सौँ
शनिबार, कार्तिक १४, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
भारतविरोधी नाराभन्दा माथि उठेको नेपाली राष्ट्रवाद
मङ्लबार, कार्तिक १०, २०८३
-
अहमदिया संघद्धारा निःशुल्क आँखा शिविर, ११० जनाको परीक्षण १८ जनामा मोतीबिन्दु शल्यक्रिया गरिने
बुधबार, कार्तिक १८, २०८३ -
इटहरीमा सांगीतिक महोत्सवको रौनक, प्रीति आलेदेखि केहरसिंह लिम्बूसम्मका कलाकारले मच्चाउने धमाका
आइतवार, कार्तिक १५, २०८३ -
मधेलीमा विश्व कल्याण ज्ञान सरोवरको भवन उद्घाटन हुने ।
बुधबार, कार्तिक ११, २०८३ -
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३





