• साझा यातायातले आगामी वर्षमा ४० वटा विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । चैत भित्र तीनवटा बस ल्याएर परिक्षण गर्ने तयारी छ । सरकारले प्रति बस खरीदका लागि एक करोड २० लाख रुपैयाँ छुट्याएको छ । विद्युतीय बसहरु चीनमा निर्माण भइरहेका छन् ।

    मुलुकमा विद्युत उत्पादन बढदै गएकाले सरकारले विद्युतीय सवारीमा जोड दिएको छ । साना सवारी र इन्धनबाट चल्ने सवारीले प्रदुषण र ट्राफिक जामको समस्या बढाउने भएका कारण यस प्रकारको योजना सरकारले बनाएको हो । सरकारी स्वामित्वको साझा यातायातले पनि ठूलो संख्यामा विद्युतीय सवारी सञ्चालनमा ल्याउने निर्णय गरेको छ । भैतिक पुर्वाधार तथा यातायात मन्त्रालयले ४० वटा बस खरीदका लागि साझालाई १ करोड २० लाख रुपैया प्रति बसका लागि बजेट छुटाएको छ । यसका लागि योजना बनाएर ठेक्का व्यवस्थापनको कार्य सम्मेत हुँदै आएको छ । तीन वटा बस भने चत्रै भित्रमा नेपाल आइपुग्ने र बाँकी ३७ वटा बस ८ महिना भित्र ल्याउने तयारी छ ।

    ध्वनी र वातावरण प्रदुषण कम गर्नका लागि विद्युतीय बसको प्रयोग उचित मानिन्छ । महँगो इन्धनको विकल्पमा विद्युतीय सवारीको प्रयोगले स्वदेशमै उत्पादित विद्युतको खपत बृद्धि भएको छ । साझाले ल्याउन लागेको विद्युतीय बस हाल काठमाण्डौं उपत्यकामा सञ्चालन हुनेछ ।

    सरकाले लिएको लक्ष्य अनुरुप उत्पादित विद्युतको खपतको लागि सबैभन्दा राम्रो विकल्प विद्युतीय सवारी नै हो । सवारी साधनलाई चार्ज गर्नको लागि चार्जिङ स्टेशनको पूर्वाधारमा ध्यान दिनुपर्ने देखिन्छ । यसैगरि अहिले कायम भएको विद्युतको महशुल घटाउँदा विद्युतीय सवारीमा आकर्षण बढ्ने छ । विद्युतीय सवारीको अधिक सञ्चालनका लागि प्राथमिकता दिन सके महँगो इन्धनको प्रयोग कम गर्न सकिन्छ ।

4565